दफा ६३
विद्युतीय सामग्रीको प्रति उपलब्ध गराउने कार्यविधि
(१) मुद्दाको पक्ष, सरोकारवाला वा सम्बन्धित कानून व्यवसायीले मिसिलमा रहेको कुनै लिखतको तस्बीर खिच्न वा श्रव्यदृश्य वा विद्युतीय अभिलेखको प्रति लिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम तस्बीर खिच्न वा श्रव्यदृश्य वा विद्युतीय अभिलेखको प्रति लिन चाहने व्यक्तिले अदालतमा निवेदन दिनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम तस्बीर खिच्नको लागि निवेदन प्राप्त भएमा प्रति तस्बीर बीस रुपैयाँ दस्तुर लिई तस्बीर खिच्न दिइनेछ।
(४) उपनियम (२) बमोजिम श्रव्यदृश्य वा विद्युतीय अभिलेखको प्रति माग गरी निवेदन दिने व्यक्तिले निवेदन साथ सि. डी. वा पेन ड्राइभ वा अन्य भण्डारणका सामग्री वा उपकरण साथै पेस गर्नु पर्नेछ।
(५) उपनियम (४) बमोजिम निवेदन प्राप्त भएमा प्रति एकाई बापत पचास रुपैयाँ दस्तुर लिई मिसिल संलग्न श्रव्यदृश्य वा विद्युतीय अभिलेखको प्रति उपलब्ध गराइनेछ ।
(६) उपनियम (५) बमोजिमको श्रव्यदृश्य वा विद्युतीय प्रति अदालतमा रहेको श्रव्यदृश्य वा विद्युतीय सामग्रीसँग फरक परेमा अदालतमा रहेको विद्युतीय प्रति आधिकारिक मानिनेछ ।